काठमाडौं–टोटनह्यामले २८ वर्षपछि पहिलोपटक चेल्सीलाई हराएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति टोटनह्यामले साबिक विजेता चेल्सीलाई ३–१ ले हराएको हो ।


ADVERTISEMENT


खेलको ३० औं मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिएको घरेलु टोली चेल्सी त्यतीमै सिमित भयो । पहिलो हाफको इन्जुरी समयमा क्रिष्टियन एरिक्सनले टोटनह्यामका लागि बराबरी गोल फर्काए । चेल्सीको घरेलु मैदानमा पहिलो हाफ १–१ को बराबरी भएको खेलमा दोस्रो हाफमा आक्रमक देखिएको टोटनह्यामले थप दुई गोल गर्‍यो ।


ADVERTISEMENT

# # #


डेल अलीले ६२ औं मिनेटमा गोल गर्दै टोटनह्यामलाई २–१ को अग्रता दिलाए । त्यसको चार मिनेटपछि अलीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ को जित दिलाए । यो जित चेल्सीमाथि टोटनह्यामले २८ वर्षपछि दर्ता गरेको हो । यसअघि सन् १०९० सालमा टोटनह्यामले चेल्सीलाई हराएको थियो ।

यो जितसँगै टोटनह्यामको ३१ खेलबाट ६४ अंक भएको छ । पाँचौँ स्थानमा रहेको चेल्सीको ३१ खेलबाट ५६ अंक भएको छ । शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीको ८४ अंक छ। दोस्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेडको ६८ र तेस्रो स्थानमा रहेको लिभरपुल १ खेल बढी खेल्दै ६६ अंक बनाएको छ ।