काठमाडौं– चितवनको अग्रणी फोटो तथा कस्टमाइज्ड गिफ्ट सेवा प्रदायक डि मल्टी स्टुडियोले आफ्नो अफिसियल वेबसाइट लन्च गरेको छ । जसबाट ग्राहकहरूले अब घरमै बसेरनै सजिलै अर्डर गर्न सक्ने सुविधा पाउने भएका छन्।
डि मल्टी स्टुडियोका सञ्चालक देव चापागाईंका अनुसार, वेबसाइटमा फोटो प्रिन्ट, फोटो फ्रेम, कस्टमाइज्ड गिफ्ट आइटम, बरमाला, दुबोको माला, बुके लगायतका विभिन्न वस्तुहरूको सम्पूर्ण विवरण, प्रयोग गरिएको क्वालिटी र उपलब्ध साइज हेरेर सजिलै अर्डर गर्न सकिन्छ।
ग्राहकहरूको सहजताका लागि लगीन नगरीकनै अर्डर गर्ने सुविधा उपलब्ध छ, जसमा पूरा नाम, ठेगाना र सम्पर्क नम्बर भरेपछि स्टुडियोका प्रतिनिधिहरूले कन्फर्मेसनका लागि मेसेज वा कल गर्नेछन्। त्यसपछि डिजाइन प्रिभ्यू देखाएर फाइनल गरिने र ग्राहकको चाहनाअनुसार मात्र उत्पादन तयार गरिने छ। त्यस्तै लगीन गरेर आफ्नो अर्डर तयार हुदै गरेको, डिजाइन भएको प्रिन्ट भएको फ़्रेमिङ्ग भएको र प्याकिङ्ग भई डेलिवेरी लाइ गएको यो सबै अवस्था जानकारी लिन समेत सकिने छ ।
चापागाईंका अनुसार, बजारमा सस्तोका नाममा गुणस्तरहीन चाइनीज फ्रेम र डिसकलर हुने प्रिन्ट बढी देखिँदै आएको अवस्थामा डि मल्टी स्टुडियोले म्याट प्रिन्ट प्रयोग गर्ने गरेको छ, जुन डिसकलर नहुने, वॉटरप्रूफ र टिकाउ हुन्छ। साथै, साइजअनुसार उपयुक्त बिट प्रयोग गरेर प्रत्येक फ्रेमलाई दीर्घकालीन बनाउन ध्यान दिइएको छ।
वेबसाइटमा रहेका बेसट डिलर्स टुडे सेक्सनमा दैनिक विशेष छुट भएका सामानहरू राखिने छन्, साथै सेक्सनमा नयाँ उत्पादनहरूको जानकारी उपलब्ध हुनेछ। साथै, विशेष अवसरका लागि स्पेशल प्याकेज अफर पनि सुरु गरिएको छ।
ग्राहकहरूको बृद्धि भएको अनलाइन स्क्यामको डरलाई ध्यानमा राख्दै, डि मल्टी स्टुडियोले सम्पूर्ण अर्डरमा क्यस अन डेलिभरीको नीति लागू गरेको छ, जसअन्तर्गत सामान प्राप्त गरेपछि मात्र भुक्तानी गर्न सकिनेछ।
हालसम्म नेपालका ७७ वटै जिल्लामा सेवा पुर्याइरहेको डि मल्टी स्टुडियोले फोटो फ्रेम, कुसन प्रिन्ट, टी–शर्ट प्रिन्ट, कप प्रिन्ट, फ्लेक्स प्रिन्ट, कस्टमाइज्ड गिफ्ट आइटम र क्यानभास प्रिन्ट लगायतका विविध प्रिन्ट सेवासँगै विवाह, वर्तबन्ध, पास्नी र अन्य अवसरका फोटोरभिडियो सुट पनि उपलब्ध गराउँदै आएको छ।
चापागाईंका अनुसार, निकट भविष्यमा चितवन बाहिर पनि शाखा विस्तार गर्ने योजना रहेको छ र वेबसाइटमार्फत फोटोरभिडियो सुट बुकिङ समेत सहज बनाइएको छ। “हामीले सधैं गुणस्तर, उचित मूल्य र नयाँपनलाई प्राथमिकता दिँदै आएका छौं, र आगामी दिनमा अझ परिष्कृत रूपमा सेवा विस्तार गर्ने लक्ष्य राखेका छौं,” चापागाईंले बताए।



























































