काठमाडौं – प्रतिनिधिसभाले पुर्व सदस्य तथा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।


ADVERTISEMENT


सोमबार बसेको प्रतिनिधिसभा बैठकले खड्काकोे निधनमा शोक प्रस्ताव पारित गरेको हो । खड्का २०४८, २०५१, २०५६ सालमा दाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।


ADVERTISEMENT

# # #


प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनको क्रममा लामो समय प्रवास र जेल जीवनमा बिताएका खड्काले भौतिक योजना, स्थानीय विकास, गृह, वन तथा भू संरक्षण, आपूर्ति एवम् जलस्रोत मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

६६ बर्षको उमेरमा भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा चैत १६ गते निधन भएका खड्काको आईतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।