काठमाडौँ – भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेड अन्तर्गतको युनाईटेड स्प्रिट्स् नेपाल प्रालि नेपाली युवा उद्यमीको पूर्ण स्वामित्वमा आएको छ ।


ADVERTISEMENT


उक्त कम्पनीलाई नेपाली युवा उद्यमी राजेशवीर सिंह तुलाधारले आफ्नो पूर्ण स्वामित्वमा लिएका हुन् । मोरङको टंकिसिनबारीमा अवस्थित यस कम्पनीले एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिन लगायतका विभिन्न १७ ब्रान्डका मदिराको उत्पादनगर्दै आएको छ ।


ADVERTISEMENT

# # #


उद्यमी तुलाधरको पूर्ण स्वामित्वमा आएसंगै कम्पनी नेपाल लिकर्स प्रालिको नामबाट सञ्चालन भइरहेको छ । युवा उद्यमी तुलाधर भक्तवीर सिंह तुलाधरका सुपुत्र हुन् । उनका बुवा धक्तवीरले भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेडसंगको व्यवसायीक साझेदारको रुपमा ४० बर्षअघि सो व्यवसाय शुरु गरेका थिए ।