काठमाडौं– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अन्तिम सुनुवाइ सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा पेसी तोकिएको छ । यो प्रकरणमा ३३ जना प्रतिवादी छन् । जिल्ला अदालत काठमाडौँमा २ वर्षदेखि विचाराधीन मुद्दा न्यायाधीश कार्कीको इजलासमा पेसी तोकिएको छ। अदालतले अभियुक्तहरूलाई थुनामा राख्न आदेश दिएको थियो, तर केही धरौटीमा छुटेका छन्।
यो मुद्दामा जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । पछि केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटे । केही भने जिल्ला र उच्चकै फैसला सदर भएर थुनामा छन् ।
भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने योजना बनाएको मुद्दाको सुनुवाइ सुरु भएको छ। जिल्ला अदालत काठमाडौँमा २ वर्षदेखि विचाराधीन मुद्दा न्यायाधीश कार्कीको इजलासमा पेसी तोकिएको छ। अदालतले अभियुक्तहरूलाई थुनामा राख्न आदेश दिएको थियो ।
पहिलोपटक मुद्दा दर्त गरिएका ३० जना र दोस्रो पटक मुद्दा दर्ता पाँच जना पहिल्यै प्रतिवादी थिए भने गोकुल र रमालाई पनि प्रतिवादी बनाएपछि भुटानी शरणार्थीका प्रतिवादीको संख्या ३२ पुगेको हो । २०८१ असारमा बेचन झा पक्राउ परेपछि प्रतिवादीको संख्या ३३ पुगेको थियो ।



























































