काठमाडौं–प्रधानमन्त्री ओलीको भारत भ्रमणका वेला बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबारे छलफल हुनेछ । कर्मचारीको तहमा सहमति हुन नसकेको डिपिआरमा नेपालले यसअघि राखेको प्रस्तावमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समर्थन गरे मात्रै टुंगिने सम्भावना छ । प्राविधिक वा कर्मचारीको तहमा टुंगिने सम्भावना छैन ।


ADVERTISEMENT


यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका वेला ८ भदौमा जारी संयुक्त वक्तव्यको बुँदा २५ मा एक महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) टुंग्याउने उल्लेख थियो । तर, सात महिनामा पनि टुंगिन सकेको छैन । नेपाली अधिकारीका अनुसार नेपालले आफ्नो प्रस्ताव राखिसकेको छ, भारतको राजनीतिक नेतृत्वले चाहेमा सहमति हुन्छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा तीन मन्त्री, १० सांसद, विभिन्न मन्त्रालयका अधिकारीसहित करिब ४० सदस्यीय प्रतिनिधिमण्डल र कलाकार, व्यवसायीसहित करिब ६० जना सहभागी हुने तय भएको छ । परराष्ट्र मन्त्रालयले प्रतिनिधिमण्डलको सूची सोमबार दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयमा बुझाएको छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, वाणिज्यमन्त्री मातृका यादव र भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ रहनेछन् । ऊर्जासहित पाँच मन्त्रालयका सचिव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, एक दर्जन सांसद, निजी चिकित्सक र सुरक्षाकर्मीसमेत भ्रमण दलमा छन् । – आजको नयाँ पत्रिकाबाट