काठमाडौं– सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतले शिष्टाचार भेट गरेका छन् । बुधबार सभामुखको कार्यालय सिंहदरबारमा स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ वोन क्यापेलरले शिष्टाचार भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


भेटमा सभामुख महराले लामो विद्रोहलाई शान्तिप्रक्रियामार्फत् टुङ्गोमा पु¥याई देशको समृद्धिमा लागिरहेको जानकारी गराएका थिए । ‘शान्ति प्रक्रियाका धेरै काम टुङ्गिएका छन्, नयाँ संविधानको निर्माण भएको छ, सबै तहका निर्वाचन सम्पन्न गरी देश विकासका लागि समृद्धिको यात्रामा छौं ’ सभामुख महराले भने ।


ADVERTISEMENT

# # #


उनले शान्ति प्रक्रियाका क्रममा स्वीट्जरल्याण्ड सरकारले राम्रो सहयोग गरेको भन्दै सभामुख खुसी व्यक्त गरेका थिए ।

सभामुखसँगको भेटमा राजदूत क्यापेलरले स्वीट्जरल्याण्ड र नेपालको सम्बन्ध राम्रो भएको भन्दै सम्बन्धलाई अझैं सुमधुर बनाउन एक अर्कामा अनुभव आदान प्रदान गर्नुपर्नेमा जोड दिदै नेपालले शान्ति प्रक्रियालगायत संविधान निर्माणसम्म सफलतापूर्वक पूरा गरेकोमा खुसी व्यक्त गरे ।

भेटमा सभामुख महराले संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताएका थिए ।

भेटमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रवक्ता भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।