काठमाडौं– निजामती सेवा दिवस २०८२ को अवसरमा हुलाक सेवा विभागले हुलाक टिकट प्रदर्शनीको आयोजना गरेको छ ।
हुलाक सेवा विभागले नेपाल फिलाटेलिक सोसाइटीसंगको सहकार्यमा एक दिने हुलाक टिकट प्रदर्शनीको आयोजना गरेको हो । हुलाक टिकट प्रदर्शनीको शुक्रबार बिभाग परिसर बबरमहलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले उद्घाटन गरे ।
सचिव अर्यालले निजामती कर्मचारीहरूले सेवाभाव मार्फत आफ्नो पदको छवि उच्च बनाउनुपर्ने बताए । उनले आफ्नो महत्व झल्किेन गरि सवैले आफ्नो कतव्र्य पुरा गर्नुपर्नेमा जोड दिए । मन्त्रालयका तर्फबाट मातहतका निकायलाई गर्ने सहयोग सदैव कायम रहने उनको भनाइ छ ।
हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले सम्पदा झल्काउने हुलाक टिकट प्रदर्शनीमा राखिएको बताए । उनले हुलाक टिकट चिठीको ऐतिहासिक महत्व रहेकाले यसलाई कायमै राखिने उल्लेख गरे ।
प्रदर्शनीमा वनस्पति र जनावरसम्बन्धी, राष्ट्रको नक्सा, हिमाल र राष्ट्रिय सम्पदासम्बन्धी, ऐतिहासिक मन्दिर र स्मारक, विशिष्ट व्यक्तित्वका योगदानका टिकट आदि राखिएको उहाले बताए ।



























































