हेटौँडा(रासस)–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र राष्ट्रिय अखण्डता माथि आँच नपुग्ने गरी प्रधानमन्त्रीले भारत सरकारसँग फलदायी वार्ता गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


राप्रपा हेटौँडा उपमहानगरपालिका नगर समितिद्वारा आज आयोजित दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्न र हुलाकी राजमार्गलाई यथाशीघ्र निर्माण गर्न द्विपक्षीय वार्ता गर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


अध्यक्ष थापाले राप्रपालाई बैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा विस्तार गर्न कार्यकर्ताले पार्टीको सैद्धान्तिक नीति र कार्यक्रमलाई आत्मसात् गरी अघि बढ्नुपर्ने बताए । प्रशिक्षणमा हेटौँडा उपमहानगरपालिकाअन्र्तगत १९ वडाका ३०० अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।