सुर्खेत–कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तरी छिमेकीसँग जोडिएका तीन नाका अवलोकन गराउने तयारी थालेको छ । ओली पर्यटन वर्षको उद्घाटन समारोहमा सहाभागी हुन रारा जाँदैछन् ।


ADVERTISEMENT


सोही क्रममा प्रधानमन्त्री ओलीलाई हुल्लाको हिल्सा, नाक्चे नाग्ला र डोल्पाको एक नाका गरी तिन वटा नाका अवलोकन गराउने तयारीमा प्रदेश सरकार जुटेको हो । कर्णाली प्रदेशको भारतसँग कुनै नाका जोडिएको छैन् । त्यसैले प्रदेश सरकारले प्रदेशको उत्तरी तीन वटा नाका खोल्न विशेष जोड दिएको छ ।


ADVERTISEMENT

# # #


कर्णाली–रारा पर्यटन वर्षको अवसरमा तीन वटा नाका प्रधानमन्त्री ओलीसहितको टोलीले अवलोकन गर्ने कार्यवहाक मुख्यमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । रारामै कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठक बस्दैछ । अहिले प्रदेश सरकार सुर्खेत–हिल्सा पर्यटन प्रधानमन्त्री सडक खण्ड सुरु गर्ने तयारीमा छ ।

उक्त नाका र सडक खण्ड खोल्न सके प्रदेश सरकारको आर्थिक गतिविधिमा टेवा पुग्ने देखिन्छ । प्रधानमन्त्री ओलीले रारा बाटै राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

पर्यटन वर्षको तयारी सकियो

पर्यटन वर्षको तयारी करिव सकिएको भन्दै अव प्रदेश सरकारले आन्तरिक वा बाह्य पर्यटकका लागि सकेसम्म सहज व्यवस्थापन गर्ने जनाईएको छ । शुभारम्भ कार्यक्रममा जानलाई प्रदेश सरकारले सुर्खेत देखि मुगुको ताल्चा विमानस्थल सम्म हवाई सेवा सञ्चालन गर्ने जनाईएको छ ।

कर्णाली रारा पर्यटन वर्षलाई सफल बनाउन आन्तरिक व्यवस्थापनमा लागि रहेको जनाईएको छ । रारामा आवश्यक बस्ने खाने व्यवस्थाका लागि मुगु जिल्ला समन्वय समिति र छायानाथ रारा नगरपालिका सहित अन्य गाउँ तथा नगरपालिले सहयोग गर्ने जनाईएको छ ।

त्यसैबीच कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली रारा पर्यटन पर्यटन वर्ष २०७५को उदघाटनका लागि रारामा आउन औपचारिक निम्तो दिएका छन् ।
मुख्यमन्त्री शाहीले विहिवार वेलुका आन्तरीक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी संगै प्रधानमन्त्री निवास वालुवाटार पुगेर निम्तोपत्र दिएका हुन् ।

निम्तोपत्र ग्रहण पछि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उदघाटनका लागि आफु रारामा आउने प्रतिवद्धता व्यक्त गरे । भेटघाटका क्रममा पर्यटन वर्षको उदघाटन संगै कर्णाली प्रदेशमा हुने प्रधानमन्त्रीका अन्य कार्यक्रमहरु पनि निश्चित गरिएको छ ।

प्रधानमन्त्री ओलीले वैशाख १ गते नै रारावाट राष्ट्रका नाममा सम्वोधन गर्ने, पर्यटन वर्षको उदघाटन गर्ने, कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरु शेफोक्सुण्डो, छायानाथ, हिल्सा, पातालझरणाको अवलोकन गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वैठकको अध्यक्षता गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी पर्यटन वर्ष उदघाटन कार्यक्रममा सरिक हुनका लागि मुख्यमन्त्री शाहीले पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई निम्तो दिएका छन् । मुख्यमन्त्री शाहीले शुक्रवार विहान नीजि निवास खुमलटार पुगेर पुर्वप्रधानमन्त्री प्रचण्डलाई निम्तोपत्र दिएका हुन् ।

प्रदेश सरकारले कर्णालीमा पर्यटन प्रवद्र्धनका लागि कर्णाली रारा पर्यटन वर्षको आयोजना गर्ने निर्णय गरेको थियो । प्राकृतिक सुन्दरताले भरिपुर्ण कर्णाली प्रदेश पर्यटनका हिसावले राम्रो सम्भावना वोकेको प्रदेश हो ।