एजेन्सी– संसारकै सबैभन्दा ठूलो बजेटको क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आइपीएल) भोलिदेखि सुरु हुँदैछ । यो लिगमा संसारभरका उत्कृष्ट खेलाडीहरु विभिन्न टिममार्फत खेल्नेछन् । लिगमा ८ टिम भिड्दैछन् । यी खेलाडीमध्येबाट यस वर्षको लिगमा हेर्न लायक खेलाडीको सूची बनेको छ ।


ADVERTISEMENT


मध्यपूर्वको चर्चित अन्तर्राष्ट्रिय मिडिया ‘द नेशनल’ले यस वर्षको आइपिएलमा हेर्न लायक १० खेलाडी को सूची तयार गरेको छ । सूचीमा भारतका विराट कोहली र इङल्याण्डका अलराउण्डर बेन स्टोक्ससँगै नेपालका सन्दिप लामिछाने पनि परेका छन् । सन्दिप आइपिएलमा दिल्ली डेयरडेभिल्सको तर्फबाट खेल्दैछन् ।


ADVERTISEMENT

# # #


यी हुन हेर्नलायक १० खेलाडी

१. बेन स्टोक्स

– इङल्याण्डका अलराउन्डर स्टोक्स यस पटक राजस्थान रोयल्सबाट खेल्दैछन् । गत वर्षको आएपीएलमा राइजिङ पुने सुपरजायन्टस्बाट खेलेका उनी १२ खेलमा म्यान अफ द म्याच भएका थिए । उनलाई १२.५ करोडमा राजस्थानले किने छ । स्टोक्स् कुनैपनि बेला खेल आफ्नोतर्फ ढाल्न सक्ने क्षमता भएका खेलाडी हुन् ।

२. विराट कोहली

– भारतीय राष्ट्रिय टिमका कप्तान कोहली रोयल च्यालेन्जरर्स बैंलगोलका पनि कप्तान हुन् । उनी यस सिजनका सबैभन्दा महंगा खेलाडी हुन् । उनको खेल यो आइपीएलमा हेर्न लायक हुनेछ ।

३. मुजिब जादरान

– यस पटक अफगानस्तानका आइपीएल खेल्ने तीन खेलाडी मध्ये एक हुन् मुजिव उर रहमान(जादरान) । यस पटकको आइपीएलका सबैभन्दा कम उमेरका यी स्पीनर किंग्स इलेभेन पञ्जाबबाट खेल्दैछन् । उनले गत महिनामा भएको विश्वकप छनोटको उपाधी अफगानस्तानलाई दिलाउन उनले उत्कृष्ट बलिङ गरेका थिए । उनको स्पीन पनि यस पटक हेर्न लायक हुनेछ ।

४. रोहित शर्मा

– भारतीय टिमका ओपनर शर्मा घरेलु टिमका सबैभन्दा सफल कप्तान मानिन्छन् । मुम्बइ इण्डियन्सको कप्तानी गर्ने उनले आफ्नो टिमलाई तीन पटक आइपीएलको उपाधी दिलाइसकेका छन् । खास गरी उनको ब्याटिङको प्रतिक्षामा धेरै रहेका छन् ।

५. सन्दिप लामिछाने

– सन् २०१६ को यू-१९ विश्वकपमा आयरल्याण्ड विरुद्ध ह्याट्रिक लिएर संसारभर चर्चामा आएका सन्दीपले आइपीएलमा आवद्ध हुने पहिलो नेपालीको रुपमा इतिहास दर्ज गरेका छन् । लेगब्रेक गुगली बलिङ गर्ने १७ वर्षीय सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा किनेको छ । नेपाली क्रिकेट खेलाडीको भाग्य बनेर आइपीएल खेल्न गएका सन्दीपको काँधमा गत वर्षको रसिद खान बनेर अर्को वर्षको सिजनमा थप नेपाली खेलाडी आवद्ध गर्ने जिम्मेवारी छ ।

अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्क संग खेलेका सन्दीप अहिले अर्का अष्ट्रेलियाली सफल पूर्व कप्तान रिकी पोन्टिङको नेतृत्वमा दिल्लीमा प्रशिक्षण गरिरहेका छन् । गत मार्चमा भएको डिभिजन टु मा ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका सन्दीपले आइपीएलमा कस्तो प्रदर्शन गर्ने हुन् प्रतिक्षाको विषय बनेको छ ।

६. वाशिङटन सुन्दर

– भारतका स्पीनर सुन्दर यस पटक रोयल च्यालेन्जरर्स बैंलगोलबाट खेल्दैछन् । गत वर्षको आइपीएलमा राइजिङ पुने सुपरजायन्टस्बाट खेलेका उनले राम्रो बलिङ गरेर टिमलाई फाइनल पुर्याएका थिए । यस पटक उनको अफ स्पिन बलिङ कत्तिको चल्छ त्यो आइपीएल सुरु भएपछि थाहा हुनेछ ।

७. डार्सी शर्ट

– अस्ट्रेलियाका २७ वर्षीय बायाँ हाते ब्याट्समेन डार्सी गएको बिगब्यासमा सार्वाधिक रन प्रहार गर्ने खेलाडी भए । उनले १० खेलमा ५०४ रन बनाएका थिए । यस पटक उनी राजस्थान रोयल्सबाट खेल्दैछन् ।

८. कोलिन मुनरो

– विश्वका नम्बर एक टि ट्वान्टी बयाट्समेन मुनरो न्यूजील्याण्डका लागि आपिनिङ ब्याटिङ गर्ने गर्छन् । न्यूजिल्याण्डका लागि टि ट्वान्टीमा शतक प्रहार गर्ने उनी एक मात्र खेलाडी हुन् । यस पटक उनी दिल्ली डेयरडेभिल्सबाट खेल्दैछन् ।

९ . राशिद खान

– गत वर्षको आइपीएलमा अफगानस्तानी स्पीनर रसिद खानले प्रतियोगितामा राम्रो खेलेसंगै उनले आफ्नो देशका थप तीन खेलाडीलाई यस पटकको आइपीएलमा ल्याउन सफल भए । एक दिवसीय खेलका विश्वका नम्बर एक बलर १९ वर्षीय रासिदलाई सनराइजर्स हैदराबादले ९ करोडमा किनेको छ । यस पटक उनको स्पीन इन्डियाका मैदानमा कत्तिको चम्किन्छ त्यो हेर्न बाँकी नै छ ।

१०. हेनरिच क्लासेन

– दक्षिण अफ्रिकाका विकेट किपर ब्याट्समेन क्लासेन राजस्थान रोयल्सबाट खेल्दैछन् । बल टेम्परिङ विवादले आइपीएलबाट बञ्चित भएका अष्ट्रेलियाली कप्तान स्टीभ स्मिथको ठाउँमा उनी आएका छन् । स्मिथको अभावलाई क्लासेनले कत्तिको पूरा गर्छन् त्यो हेर्नलायक हुनेछ ।