बनेपा–धुलिखेल–काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो । यही मौका छोप्दै बस व्यवसायीले यात्रुपिच्छे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए ।


ADVERTISEMENT


तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयुरसहित अन्य बसलाई बनेपा पठाउन थालेपछि काभ्रे बस समितिले बिहीबारदेखि सबै बसमा भाडादर टाँस्न थालेको छ ।


ADVERTISEMENT

# # #


एक व्यवसायीले भने, ‘हामीले प्रत्येक बसमा भाडादर सूची टाँस्न अनिवार्य गरेका थियौं । तर, सहचालकहरूले मनलाग्दी भाडा लिँदा समस्या आएको हो,’ चैत १ मा बनेपा आउँदा मयुर यातायातले कोटेश्वर–काठमाडौंको ३५ रुपैयाँ भाडादर कायम गरेको थियो । तर, तीन सातासम्म भाडादरमा पुनर्विचार नगरेका व्यवसायीले बिहीबारबाट एक्कासी भाडा घटाएको सूचना बसमा टाँसेपछि यात्रु अचम्ममा परेका छन् ।

‘हिजो साझा बस पनि आयो । अरू बस पनि आए,’ एक यात्रुले भने, ‘त्यही भएर होला बिहीबारदेखि यताका बसवालाले बनेपा–काठमाडौंको भाडा ३५ रुपैयाँ गरेका रहेछन् ।’

यतिखेर काभ्रे बस व्यवसायी संघले बनेपा–काठमाडौं ४० रुपैयाँ, बनेपा–कोटेश्वर ३५ र बनेपा–सूर्यविनायक २० रुपैयाँ भाडादर कायम गरेको छ । – आजको नागरिक दैनिकबाट