काठमाडौं–अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ७ वरिष्ठ र निकट अधिकारीहरुसहित १७ जनालाई प्रतिवन्ध लगाउने निर्णय गरेको छ । अमेरिकाले रुसका उच्च वर्गसँग सम्बन्धित १२ कम्पनी, सरकारी हतियार निर्यात गर्ने कम्पनी र एक बैंकलाई पनि प्रतिवन्ध लगाएको छ ।


ADVERTISEMENT


अमेरिकाले रुसी राष्ट्रपति पुटिका बडिगार्ड, उनको ज्वाइँ, राष्ट्रपतिका निकट सहयोगी र उनको नियन्त्रणमा रहेका केही कम्पनीहरुलाई प्रतिवन्ध लगाएको बीबीसीले जनाएको छ । यी सबैमा ‘पूरा विश्वभर हानिकारक गतिविधि गरेको’ आरोप लगाइएको छ ।


ADVERTISEMENT

# # #


ह्वाइट हाउसका प्रवक्ता सारा सेन्डर्सले भनेकी छन्– यी प्रतिबन्धको मतलव यो होइन की अमेरिकाले रुससँग आफ्नो सम्बन्ध तोडेको छ ।

उनले भनिन्, ‘आज जुन प्रतिबन्ध लगाइएको छ र जुन प्रशासनिक कदम चालिएको छ, त्यसमा संसदको स्वीकृतिलाई पनि ध्यान दिइएको छ । हामीले रुसी सरकारसँग सकारात्मक सम्बन्ध चाहान्छौं तर यो तब हुन्छ जब उसको पनि व्यवहार प्ररिवर्तन हुन्छ ।’

रुसको जवाफ
अमेरिकाको तर्फबाट लगाइएका प्रतिबन्धको जवाफमा रुसले पनि कडा कदम चाल्ने धम्की दिएको छ । रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेर यस प्रकारका दबावको सामू रुस नझुक्ने स्पष्ट पारेको छ । रुसी विदेश मन्त्रालयले अमेरिकाको कदमलाई मुर्खतापूर्ण भनेको छ । यसबाट दुई देशबीचको आर्थिक सम्बन्ध नराम्रो हुने रुसको चेतावनी छ ।

वाशिंगटनस्थित बीबीसी सम्वाददाता बारबरा प्लेट उशरका अनुसार अमेरिकाले रुसी राष्ट्रपति पुटिनविरुद्ध हालसम्मकै सबैभन्दा आक्रामक कदम उठाएको छ । अमेरिकाले जुन व्यक्तिहरुलाई प्रतिबन्ध लगाएको छ त्यसमा सुलेमान करीमोवका नाम पनि छ । यी रुसका सबैभन्दा धनाड्य व्यक्तिमध्येका एक हुन् । उनी रुसमा सबैभन्दा ठूलो सुन उत्पादक हुन् ।

गत महिनामा अमेरिकाले १९ रुसी नागरिकलाई प्रतिबन्ध लगाएको थियो । त्यसपछि रुस र ब्रिटेनबीच जारी राजनीतिक गतिरोधमा अमेरिकाले ब्रिटेनको साथ दिँदै रुसी कुटनीतिज्ञहरुलाई पनि निस्कासित गरिदिएको छ ।