काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्धमा रहेका भ्रमहरु हटिसकेको बताएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीसँग शुक्रबार साँझ एक्लाएक्लै वार्ता गरेका ओली निकै उत्साहित देखिएका छन् ।


ADVERTISEMENT


उनले शुक्रबार राति पत्रकारहरुसँग भने, ‘भारतसँगको असमझदारी हटिसकेको छ । अब कुनै असमझदारी बाँकी छैन ।’


ADVERTISEMENT

# # #


ओली र मोदीबीच मोदी निवास लोककल्याणकारी मार्गमा शुक्रबार साँझ करिब डेढ घन्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । मोदीलाई भेटेपछि ओली नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले पनि ओलीलाई भेट्दा आनन्द लागेको बताएका छन् । ओलीलाई भेटेपछि मोदीले ट्विटरमा लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आनन्दित भएको छु ।’

ओलीले शनिबार दिनभर महत्वपूर्ण राजनीतिक भेटघाट र औपचारिक कार्यक्रममा भाग लिनेछन् । ओली र मोदीबीच साढे ११ बजे हैदरावादहाउसमा द्विपक्षीय औपचारिक भेटवार्ता हुनेछ तर कुनै नयाँ सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम भने नरहेको परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागीले स्रोतलाई जानकारी दिएका छन् ।