काठमाडौं–भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रपति भवनमा शनिबार बिहान गार्ड अफ अनर ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति कोविन्दसँग भेट गरेका हुन् ।


ADVERTISEMENT

# # #


तीन दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री ओलीले आज भारतमा महत्वपूर्ण राजकीय भेटवार्ता गर्दै छन् ।

यसपछि उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट वार्ता गर्ने छन् भने अपरान्ह हैदरावाद हाउसमा भारतीय समकक्षी मोदीसँग पहिला एक्लाएक्लै र पछि प्रतिनिधि मण्डलसँग द्वीपक्षीय वार्ता हुनेछ ।