महोत्तरी–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको धार्मिक सांस्कृतिक पहिचानमाथि आक्रमण भैरहेको भन्दै अब नेपाली जनता चुप लागेर नबस्ने बताएका छन् । सरकार हालै बिदा कटौतीको कार्यले धार्मिक सास्कृतिक पहिचानमाथि आघात पुगेको थापाले बताए ।


ADVERTISEMENT


महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पटक–पटक हिन्दुधर्ममाथि योजनावद्ध र संगठित रुपमा विभिन्न पक्षबाट आक्रमण भएको बताए । यसमा केही राजनितीक दल, गैरसरकारी संस्था, नागरिक समाज र आमसञ्चारसमेत लागेको भन्दै यसले देशमा धार्मिक सामाजिक अवस्था खल्बलिनेतर्फ सरकार सचेत गर्दै देश डरलाग्दो धार्मिक द्वन्द्वमा फस्ने खतरा बढेकोे बताए ।


ADVERTISEMENT

# # #


आफ्नो कुनै धर्मप्रति वितृष्णा नरहेको र हिन्दु धर्मको रक्षा आफूहरुको कर्तव्य भएको र राज्यको पनि जिम्मेवारी भएको अध्यक्ष थापाले बताए । राष्ट्रिय धार्मिक सांस्कृतिक पहिचानको संवेदनशीलतालाई ख्याल नै नगरी सरकारले बिदा कटौती गरेर सुझबुझ नदेखाएको थापाको आरोप छ । क्रिसमसमा बिदा दिने तर कृष्णअष्टमी, रामनवमी जन्मोउत्सवमा चाहिँ सरकारले बिदा कटौती गरेर हिन्दुधर्मालम्बीमाथि चोट पुगेको र यसलाई अविलम्ब सच्चाउन सरकारसँग आग्रह समेत गरेका छन् ।

महोत्तरीको भंगाहा नगरपालिका ७ स्थित मेघथानगोरन्नमा लाग्ने १० दिने महाबीर झन्डा मेलाको उद्घाटन गर्न अध्यक्ष थापा महोत्तरी आएका हुन् । उनले उक्त महाबीर झन्डा मेलामा पुजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।