काठमाडौँ – नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले सोमबार देशभर जेन–जीको प्रदर्शनका क्रममा भएको ठूलो मानवीय क्षति पीडादायी भएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो बताएका हुन् ।
आफू हाल विदेशमा रहेको बताउँदै उनले नेपाली भएकोमा यतिधेरै लाज महसुस कहिल्यै नगरेको बताएका हुन् । उनले युवालाई आशालाग्दो भविष्य दिन असफल भएको र उनीहरुको वर्तमान समेत खोसिरहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौँ, ऊनीहरुको वर्तमानसमेत खोसिरहेका छौ। म विदेश यात्रा गर्दै छु। नेपाली भएकोमा यती लाज महसुस मैले कहिले गरेको थिइन्।आजको दिन नेपालको ईतिहासमा सबैभन्दा पिडादायी दिन बनेको छ।’



























































