काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै मेयर बालेनले जेन–जीलाई देश उनीहरुकै हातमा भएकाले घर फर्किन आग्रह गरेका हुन् ।
अब जति क्षती हुन्छ हाम्रै क्षति हुने बताउँदै उनले संयम अपनाउँदै घर फर्किन भनेका हुन् । उनले भनेका छन्, ‘प्रिय जेन–जी देश तपाइँहरुकै हातमा हो , तपाईं हरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो ।अब घर फर्किनुहोस् ।’
आन्दोलनकारीले संघीय संसद, सिंहदरबार, राष्ट्रपति निवास, सर्वोच्च अदालत लगायतका देशका महत्वपूर्ण सार्वजनिक निकायमा भवनमा आगजनी तथा तोडफोड गरेका छन् ।



























































