काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् ।
नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।
सेनाले केहीबेर अघि मात्रै पनि सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीमा अनुरोध गरेको थियो ।



























































