काठमाडौं–माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्दा केन्द्रमा बारबरी हैसियत हुनुपर्ने अडान फेरि दोहोर्‍याएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्मानजनक एकता गर्ने र दुई धार जोड्नेगरी दुई पार्टी एकता हुनुपर्ने दोहोर्‍याएका हुन् ।


ADVERTISEMENT


शनिबार पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टरका पदाधिकाीलाई राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गर्दै दाहालले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘फिप्टी फिप्टी’ एकता प्रस्ताव राखिसकेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


केन्द्रमा बराबरी तथा जिल्ला तहमा संगठनको प्रभाव क्षेत्रका आधारमा पार्टी संगठनबीच एकता हुनुपर्ने माओवादी केन्द्रको ‘बटमलाइन’ भएको उनको भनाइ छ ।

‘यो पार्टी एकता हो। हामी दुई धारबाट आयौँ, तत्काल देखिँदा चुनावमा उहाँहरू(एमाले) बढी हुनुहोला, उहाँहरू हिजो कम हुनुहुन्थ्यो । भोटको कुरा मात्रै मुख्य होइन। पार्टी एकता सम्मानजनक र अलग धार जोड्ने कुरा हो’ दाहालको भनाइ उद्धृत गर्दै प्रेस सेन्टरका उपाध्यक्ष कमल गिरीले भने ।

माथि केन्द्र सिंगो शरीरमा ५०/५० प्रतिशत माओवादीको नेता धेरै हाम्रा छन्, जनता धेरै एमालेका छन्’ दाहालको भनाइ थियो । एमालेले विगतमा १० प्रतिशत पनि संगठन नभएको मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादीसँग एकता गर्दा समेत ५०/५० कौ आधारमा गरेको दाहाले स्मरण गरे । – आजको अन्नपूर्ण पोस्टबाट