काठमाडौं–भ्रष्टाचारमा दोषी ठहर ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ७२ वर्षीय लुलालाई अदालतले १२ वर्षको कैद सजायँ सुनाएको छ । तर, स्टील उद्योगको कर्मचारी युनियनको भवनमा लुकेर बस्दै आएका थिए ।


ADVERTISEMENT


आउँदो अक्टोबरमा हुने राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिने तयारी गरिरहेका बेला लुलालाई अदालतले भ्रष्टाचारी ठहर गरेको हो । उनलाई ल्याटिन अमेरिकाका वामपन्थीहरूले महान नेता मान्दछन् ।


ADVERTISEMENT

# # #


आत्मसर्मणको म्याद गुज्रिसकेपछि उनी कर्मचारी युनियनको भवनबाट बाहिर निस्किएका थिए । लगत्तै प्रहरीले उनलाई कारमा हालेको थियो ।

तर, उनका समर्थकहरुले लुला चढेको प्रहरीको गाडीको बाटो छेकेका थिए । प्रहरीलाई भिड छिचोल्न हम्मेहम्मे परेको भिडियो फुटेजहरु सार्वजनिक भएका छन् ।

उनलाई दक्षिणी शहर कूरिटीबास्थित जेलमा लगिएको छ । पूर्वराष्ट्रपति लुला र उनका समर्थकहरुले राजनीतिक प्रतिशोधका कारण भ्रष्टाचार गरेको भनेर गलत आरोप लगाइएको दावी गर्दै आएका छन् ।