काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि निरन्तर परामर्शमा जुटेका छन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका लागि राष्ट्रपति पौडेल शुक्रबार परामर्शमा जुटेका हुन् ।
सरकार गठनका लागि उनले प्रधान सेनापति अशोकराज सिग्देलसंग छलफल गरेका छन् । पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भएपनि अन्तरिम सरकार र संसद विघटनका विषयमा भने सहमति जुट्न बाँकी रहेको छ ।
राष्ट्रपति पौडेल शितल निवासमा फर्किएसंगै सेनाले राष्ट्रपति भवनमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।



























































