काठमाडौं- केपी शर्मा ओलीले देशविरुद्ध सक्रिय प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्ने बताएका छन्।


ADVERTISEMENT


मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले वर्तमान सरकारका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै आफूहरूलाई कमजोर नठान्न चेतावनी दिएका छन्। उनले असंवैधानिक ढंगबाट संसद् विघटन गरी निर्वाचनमा जानुपरेको प्रसंग उल्लेख गर्दै त्यसबेला लोकतान्त्रिक र वामपन्थी शक्तिहरू एकजुट हुन नसक्दा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको दाबी गरेका छन्।


ADVERTISEMENT

# # #


ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक तथा वामपन्थी शक्तिबीच सहकार्यको विकल्प नरहेको बताउँदै २३ र २४ भदौका घटनालाई लोकतन्त्र र वामपन्थी आन्दोलनविरुद्धको प्रतिगामी षड्यन्त्रको संज्ञा दिए। सरकार गठन, परिवर्तन वा अपदस्थ गर्ने अधिकार संसद्को हुने उल्लेख गर्दै वैधानिक संसदलाई बलजफ्ती रूपमा भंग गरिएको आरोप पनि लगाएका छन्।

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले जनताविरुद्ध कुनै काम नगरेको दाबी गर्दै जनतामा भ्रम फैलाएर पार्टीलाई बदनाम गर्ने प्रयास भएको टिप्पणी गरेका छन्। उनले पार्टीका कमजोरीहरूको आत्मसमीक्षा गर्दै सुधारको प्रक्रियालाई निरन्तर अघि बढाइने बताएका छन्।

ओलीले देशलाई बर्बाद पारेको भन्ने भाष्य तथ्यहीन रहेको जिकिर गर्दै विकासका काम गर्न नसकेर होइन, योजनाबद्ध रूपमा अफवाह फैलाएर एमालेलाई बदनाम गर्न खोजिएको दाबी गरेका छन्।