काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको विघटन गरेका छन्।


ADVERTISEMENT


शुक्रबार नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार रातको ११ बजेदेखि लागू हुनेगरी प्रतिनिधिसभा विघटन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।


ADVERTISEMENT

# # #


यस्तै राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते बिहिबारका दिन प्रतिनिधिसभाको नयाँ निर्वाचन हुनेगरी मिति तोकेका छन् ।

काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलन पछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि रिक्त रहेको पदमा राष्ट्रपति पौडेलले शुक्रबार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

उनले छ महिनामा निर्वाचन गर्ने प्रयोजनका लागि नेपालको संविधानको धारा ६१ को उपधारा ४ बमोजिम अन्तरिम सरकारको प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गरेका थिए।

उनले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेकी थिइन्। लगत्तै प्रतिनिधिसभा विघटनका लागि सिफारिस तथा निर्वाचनको मिति तोक्दै राष्ट्रपतिलाई सिफारिस गरेकी हुन् ।