काठमाडौँ, २९ भदौः नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी उनले गृहमन्त्रालयका लागि नयाँ निर्माण गरिएको भवनमा पदबहाली गरेकी हुन् ।


ADVERTISEMENT


पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।

त्यस्तै सरकारले आन्दोलका घाइतेहरूको निःशुल्क उपचार र राहतको निर्णय समेत गरेको छ ।

सो अवसरमा सरकारका मुख्यसचिव अर्याल, सचिवहरू, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीलगायत उपस्थित थिए । पदबहालीपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिवसहित सचिवहरूसँग मन्त्रालयको कार्यविवरणका सम्बन्धमा जानकारी लिएका थिए ।

यही भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।