काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबका लोकेश राहुलले सबैभन्दा कम बलमा अर्धसतकको कीर्तिमान बनाएका छन् ।


ADVERTISEMENT


आइतबार दिल्ली डेयरडेभिल्सविरुद्धको खेलमा उनले १४ बलमै अर्धसतक हानेका हुन् । उनले ४ छक्का र ६ चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि आईपीएलमा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान युसुफ पठान र सुनिल नारायनको नाममा थियो ।

पठानले कोलकाताबाट खेल्दा सन् २०१४ मा हैदराबादविरुद्ध १५ बलमा अर्धसतक पुर्‍याएका थिए । यस्तै नारायनले सन् २०१७ मा कोलकाताबाट खेल्दा बैंगलोरविरुद्ध १५ बलमै अर्धसतक हानेका थिए ।

कम बलमा अर्धशतक पूरा गरेका राहुल ५१ रन बनाउँदा ट्रेन्ट बोल्टको बलमा क्याच आउट भए ।