काठमाडौं–युद्धग्रस्त सिरियाको एक सैन्य विमानस्थलमा मिसाइल आक्रमण भएको रिपोर्ट बाहिर आएको छ । सिरियाको होम्स शहरमा रहेको टी ४ एयरवेसनजिकै विस्फोटका ठूला आवाजहरु सुनिएको र त्यहाँ मिसिाइल आक्रमण भएको सिरियन टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ ।


ADVERTISEMENT


स्थानीय सञ्चार माध्यमहरुका अनुसार धेरै व्यक्तिको मृत्यु भएको अनुमान गरिएको छ । सिरियाको बिद्रोही नियन्त्रित क्षेत्र डौमामा भएको मिसाइल आक्रमणको विश्वमै निन्दा भइरहेका बेला केही समयअघि सक्रिय पारिएको सैन्य विमानस्थलमा पनि मिसाइल आक्रमण भएको रिपोर्ट बाहिर आएको हो ।


ADVERTISEMENT

# # #


‘टेफर विमानस्थलमा धेरै मिसाइल आक्रमण भएको छ’, सिरियाको सरकारी समाचार संस्थाले लेखेको छ । यद्यपि, यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन । अमेरिकी उच्च अधिकारीहरुले रिपोर्टमा सत्यता नरहेको जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले पछिल्ला घटनाहरुमा प्रतिक्रिया जनाउँदै सिरियाका राष्ट्रपति बसर अल आसादलाई ‘जनावर’ को संज्ञा दिएका छन् ।

उनले एक ट्वीट गर्दै आसादलाई सघाउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरान यसमा जिम्मेवार रहेको बताएका छन् । उनले यसको कडा मूल्य चुकाउनु पर्ने चेतावनीसमेत दिएका छन् ।