काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने घोषणा गरेका छन् । रक्षामन्त्री पोखरेलले राजनीतिक हस्तक्षेपका कारण कतिपय सरकारी निकायको दूर्भाग्यपूर्ण अवस्था आएको स्विकार गर्दै अव त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा आयोजित नेपाल आँखा अस्पतालको ४४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी निकायलाई फष्टाउँन नदिने खालका कुनैपनि गतिविधि हुन नदिन सरकार सचेत रहेको पनि स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


मन्त्री पोखरेलले अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै कार्य सम्पादन गर्न पनि सरकारी निकायलाई निर्देशन दिए ।
मन्त्री पोखरेलले आँखा अस्पतालले चेतनामूलक अभियान संचालन गर्दै आएकोमा खुशी व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन पनि दिए ।

कार्यक्रममा अस्पताल संचालक समितिका पूर्व अध्यक्षद्धय यादव खरेल र जनार्दन आचार्य तथा संचालक समितिका सदस्यहरु सोमना पोखरेल र कृष्णप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो ।