चितवन– एनआईसी एसिया बैंकले भरतपुर महानगरपालिकास्थित गीतानगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मेयर रेणु दाहाल र बैंकका संचालक राजेन्द्रप्रसाद अर्यालले संयुक्त रुपमा उद्घाटन गरे ।


ADVERTISEMENT


कार्यक्रमका प्रमुख अतिथि रेणु दाहालले एनआईसी एसिया बैंकले अबलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने बताइन् । कार्यक्रममा बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने कुराको जानकारी गराए ।


ADVERTISEMENT

# # #


मुलुकभर १९२ शाखा कार्यालय, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवम् ४ वटा ब्रान्चलेस बैंकिङ्ग मार्फत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंकले जनाएको छ । बैंकको वासलातको आकार १ खर्ब ५४ अर्ब रुपैयाँ भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १ खर्ब ६ अर्ब र कुल निक्षेप करिब १ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ ।