नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिका लागि आजै मन्त्रिपरिषदको दोस्रो बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विहानको बैठकमा आईजीपी नियुक्तिबारे छलफलनै नभएको स्रोतले जनाएको छ ।


ADVERTISEMENT


बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने केही महत्वपूर्ण एजेण्डा रहेको भन्दै अपर्झट बैठक बस्न सक्ने भएकाले तयारी अवस्थामा रहन मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।


ADVERTISEMENT

# # #


बैठक लगत्तै  कुरा गर्दै एक मन्त्रीले भने, ‘दुवै प्रहरी संगठनका आइजिपी नियुक्तिको प्रस्ताव औपचारिक रुपमा आएन र छलफल नै भएन । प्रधानमन्त्री र गृहमन्त्रीबीच अलग्गै छलफल भएको होला । तर, नियुक्तिको लागि सम्भवतः आजै अर्को बैठक बस्न सक्छ, हामीहरुलाई तयारी हालतमा रहनु भनिएको छ ।’

मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजनाको उपाध्यक्ष पनि नियुक्त गर्ने भनिएको थियो । योजना आयोगको उपाध्यक्षका लागि डा. पुष्प कडेलको नाम अघि सारिएको छ । उनी एमाले केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष हुन् ।

बाम गठबन्धनको सरकारमा नेपाल प्रहरी प्रमुख एमालेको भागमा र सशस्त्र प्रहरी प्रमुख माओबादी केन्द्रको भागमा परेको छ ।

यद्यपी पनि सर्वेन्द्र खनाललाई आईजीपी नबनाउन माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनकी पत्नी सीता दाहालले आग्रह गरिरहेको श्रोतले बताएको छ ।

पछिल्लो समय गृहमन्त्री रामबहादुर थापा बादलको तारोमा डीआईजी रमेश खरेल परिरहेको बुझिएको छ । सुन तस्करी नियन्त्रण हुन नसकेको भन्दै केही दिन अघि गृहमन्त्रीले पत्रकार सम्मेलन गरेरै आक्रोस पोखेका थिए ।

पुस्कर कार्कीलाई भने यसअघि बरियताक्रममा जुनियर भए पनि ‘हुक’ लगाएर डीआईजीमामा माथि ल्याईएको भन्दै आलोचना भईरहेको छ ।

७ जना सम्भावित डीआईजीपीहरु मध्ये भावी प्रहरी महानिरीक्षकका लागि सर्बसम्मत बन्दै डीआईजी धीरु बस्न्यात उदय भएका छन् ।

तीनै जना डीआईजीहरु काठमाडौंमा ल्याईएकाले पनि नामले सेलिब्रेटी बन्न पुगे । तर सूदुरको देश र दूरदराजका जनताको नजिक रहेर संगठन भित्र पनि सिपाही देखि विगतका आईजीपीहरुको समेत मनमा बस्न सफल बनेका बस्न्यात कर्मले सेलिब्रेटी बनेका हुन् ।

कार्यक्षमता, योग्यता, ट्रयाक रेकर्ड र अहिले सम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरी स्वच्छ छवि बनाउन सफल बस्न्यातको नाममा बहस केन्द्रित बनेको बुझिएको छ ।

पहिलो पटक प्रधानमन्त्री हुँदा केपी ओलीका सुरक्षा सल्लाहकारमा बस्न्यातका दाजु रहेकैले देउवा सरकारबाट पटक पटक उपेक्षित बन्दै चर्चामा आउन नदिईएका बस्न्यातलाई यस पटक उनै प्रधानमन्त्री ओलीले न्याय दिने बिश्वासले तरंग ल्याएको छ ।

बर्दीको आस्था र महत्व बचाउन ईमानको दीयो निभ्न नदिएका, कर्मब्यनिष्ठ, सबै कार्यक्षेत्रमा सफल नेतृत्व, राष्ट्रबादी र प्रहरीमा भीजनरी छबी बनाएका बस्न्यातलाई समृद्ध नेपाल सुखी नेपाली बनाउने आफ्नो महाअभियानमा प्रधानमन्त्री ओलीले उपयुक्त प्रहरी नेतृत्वका रुपमा छान्न सक्ने अनुमान पछिल्लो समय बलियो बन्दै गईरहेको छ ।

सम्भावित डीआईजीहरु मध्येबाट जस्लाई आईजीपी बनाए पनि यसअघिको जस्तो बिबाद नआउने भएकैले पनि प्रधानमन्त्री ओली देश, जनता र समयले खोजेको निष्ठावान प्रहरी नेतृत्व छान्नमा स्वतन्त्र देखिन्छन् ।

नेपाल प्रहरीका आईजिपी प्रकाश अर्यालले ३० वर्षे सेवाहदका कारण भोलि देखि अनिवार्य अवकाश पाउँदैछन् ।