काठमाडौं–सल्यानको कपुरकोटमा मोटरसाइकलमा सर्प भेटिएपछि सर्प देवता भन्दै पूजा र दर्शन गर्नेहरुको भीड लागेको छ । भगवानको स्वरुप भन्दै स्थानीयहरु गत रातीदेखि नै सर्पको दर्शन गरिरहेका हुन् ।


ADVERTISEMENT


मोटरसाइकलका धनी कपुरकोट ३ पाखापानीका खिमेन्द्र सेनका अनुसार मंगलबार साँझ ७ बजेतिर खिमेन्द्र सेनलाई घरतर्फ जानेक्रममा सर्पले बजार नजिकै बाटो छेकेको थियो । त्यसपछि सेन मोटरसाइकलबाट झरेर केहि व्यक्तिलाइ सर्पले बाटो छेकेको खबर गरेका थिए ।


ADVERTISEMENT

# # #


खबर पाएपछि रेडियो कपुरकोटका स्टेशन मैनेजर सन्तोष घर्ती र कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा त्यस स्थानमा गएका थिए । प्रत्यक्षदर्शीको दाबी अनुसार शुरुमा सर्प सेनको ग ८ प ६८२९ नम्बरको मोटरसाइकलमा चढेको थियो र पछि त्यहाँबाट उत्रेर केही पर रोकिराखेको अध्यक्ष बुढाको रा ३ प २४११ नम्बरको मोटरसाइकलमा चढेको थियो ।

यस घटनापछि कपुरकोट ५ मा बस्दै आएका जय गुरुदेव बाबा लगायतले पूजाअर्चना गरेको स्थानीय डिल बहादुर बुढाथोकीले बताएका छन् । स्थानीयहरु रातभर सर्प भएको स्थानमा जाग्राम बसेका थिए । कुनै दैवी शक्ति भएको भन्दै स्थानीयहरुको भीड लागेको थियो ।