काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला भनिने दलहरुको अहंकारले देश भयानक परिस्थतिमा आइपुगेको बताए ।
संविधान दिवसको अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले तत्कालिन अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन नचाहने र अहिले आफुलाई ठूला दल भन्नेहरुको अहंकारले नै देश परिस्थतिमा आइपुगेको बताएका हुन् ।
दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा माओवादीले निरन्तर वकालत गरेको उल्लेख गर्दै त्यसको ऐतिहासिकता आज जेनजी विद्रोहले फेरि एकचोटि पुष्टि गरेको उल्लेख गरे ।
१० वर्षपछि फेरि एकचोटि पुनर्लेखन गरेर या संशोधन गरेर, मुख्यतः संविधान संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको उहाले बताए । दाहालले हीनताबोधमा बाँच्नुपर्ने कुनै आवश्यकता नरहेको भन्दै देशका सबै उत्पीडित वर्ग, समुदायलाई अधिकार दिलाउने महान् काम गरेकोमा गर्व गर्नुपर्ने धारणा राखे ।
त्यस्तै दाहालले संविधानसभाको नेतृत्व, सुशासनको नेतृत्व, भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्वलाई भ्रष्टाचारी हो भनेर तुलना गर्न खोज्नु इतिहासप्रति, जनताप्रति गहिरो र ठुलो विश्वासघात हुन जाने तर्क गरे । उनले भाद्र २४ गते जेनजीको आन्दोलनमा घुसपैठ वा भयानक डिजाइनमा विध्वंसहरू मच्चाइएको आरोप लगाए ।


























































