लामाबगर(दोलखा)–स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ हुँदा आयोजनाले मासिक एक अर्ब २० करोड रुपैयाँ घाटा व्यहोरिरहेको छ ।


ADVERTISEMENT


२०६७ सालदेखि दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माण सुरु भएको चार सय ५६ मेगावाटको आयोजनाले २०७२ असारभित्र बिजुली उत्पादन गरिसक्ने लक्ष्य थियो । तर भूकम्प, नाकाबन्दीलगायत विभिन्न अवरोधले आयोजनाको समयावधि दुईपटकसम्म सरेको छ ।


ADVERTISEMENT

# # #


अधिकारीहरूका अनुसार ढिलाइका कारण आयोजनाले दैनिक चार करोड रुपैयाँ नोक्सानी व्यहोरिरहेको छ । लक्ष्यभन्दा तीन वर्ष पछाडि धकेलिएको आयोजनाले ढिलाइकै कारण यति ठूलो रकम नोक्सानी व्यहोरिरहेको हो ।

आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर मोडालिटीबाट चलेको छ । ‘अहिलेको स्थितिमा ऋणको ब्याज दैनिक १.५ करोड रुपैयाँ पर्छ,’ बुधबार आयोजनास्थलको निरीक्षणमा पुगेका प्रधनमन्त्री केपी शर्मा ओलीलाई ‘ब्रिफिङ’ गर्दै आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले भने, ‘आयोजना सम्पन्न भएको भए बिजुली बालेर दैनिक रुपमा साढे दुई करोड रुपैयाँ कमाउँथ्यो । निर्माणमा ढिलाइ हुँदा दैनिक चार करोड रुपैयाँ नोक्सानी व्यहोरिरहेको छ ।’ – आजको नागरिक दैनिकबाट