चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादी केन्द्रबीच एकताका सन्दर्भमा रहेका केहि विवादलाई हल गर्दै बैशाख ९ मै एकता हुनुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


पत्नी सीता दाहालकी माइला भाई महाप्रसाद पौडेलको शोकसभामा सहभागि हुन आएका प्रचण्डले आज बिहानमात्रै प्रम केपी ओलीसँग आफ्नो कुराकानी भएको भन्दै बैशाख ९ मै एकता हुनुपर्नेमा समझदारी बनेको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘हाम्रो बिहानको कुरा अनुसार पार्टी एकताको विशेष रुपले होस् भन्नेबारे समझादारी भइसकेको छ । वैशाख ९ गते नै उपयुक्त दिन हो ।’