काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चालु अर्थिक वर्षमा लक्ष्य भन्दा दोब्बर बढी विज्ञापन कर सङ्कलन गरेको छ ।


ADVERTISEMENT


चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख विज्ञापन कर असुल गर्ने लक्ष्य लिएको कामपाले यही बैशाख सात गतेसम्म रु ५ करोड ७२ लाख ८३ हजार २२० राजस्व असुल गरिसकेको राजस्व महाशाखा प्रमुख धुव्र काफ्लेले बताए ।  उनका अनुसार कामपाले नियमविपरीत विभिन्न स्थानमा राखिएका विज्ञापनका होडिङबोर्डलाई कानुनको दायरमा ल्याउने र नियमबाहिर रहनेलाई कारबाही थालिएकाले लक्ष्य भन्दा निकै बढी कर सङ्कल भएको हो ।


ADVERTISEMENT

# # #


सोही अनुसार राजस्व सङ्कलन भएमा आलु आर्थिक वर्षको अन्तिम सम्ममा रु सात करोडसम्म विज्ञापन कर सङ्कलन हुने अनुमान कामपाको छ । आर्थिक वर्ष २०७२/७३ मा सोही शिर्षकको करमा रु चार करोड ३६ लाख ८ सय ४३ कर सङ्कलन भएको थियो ।