काठमाडौं – दुई करोड रुपैयाँ सरकारी रकममा खरिद गरिएको र हाल पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रयोग गरिरहेको सरकारी गाडी सर्वोच्च अदालतका कर्मचारीले कब्जा गरेका छन् । गाडी घर लगेर फिर्ता नगर्ने पूर्वप्रधानन्यायाधीशको सूचीमा सुशीला कार्कीको नाम पनि छ ।


ADVERTISEMENT


गाडी मर्मत र इन्धन खर्च लिन सर्वोच्च अदालतको प्रशासनमा पुगेका चालक जोगमोहन महतोको हातबाट कर्मचारीले गाडीको चाबी नियन्त्रणमा लिई मुख्य रजिष्ट्रारलाई बुझाएका हुन् ।


ADVERTISEMENT

# # #


चालक महतो र गाडी दुवै सर्वोच्चका हुन् । महतो सर्वोच्च अदालतका स्थायी कर्मचारी हुन् भने गाडी कल्याण श्रेष्ठ प्रधानन्यायाधीशबाट हटेपछि झण्डा हटाएर लगेका थिए ।

राज्यकोषबाट खरिद गरिएको गाडी गैरकानुनी रुपमा लिएकाले चाबी लिएर रजिस्टारलाई बुझाइएको आधिकारिक ट्रेड युनियनका सचिव हरि भट्टराईले बताए ।

चालक महतोले गाडी कल्याण श्रेष्ठको चलाए पनि तलबबाहेक ओभरटाइम भत्तासमेत सर्वोच्च अदालतबाट पाउँदै आएका छन् । सर्वोच्च अदालतमा जो प्रधानन्यायाधीश भए पनि उसको पालामा नयाँ गाडी किन्ने र अवकाश हुने बेला घर लिएर जाने गरेको भट्टराईले बताए ।
हालै राजीनामा दिएर हिँडेका प्रधानन्यायाधीश गोपाल पराजुलीलगायतका पूर्व प्रधानन्यायाधीशहरुले पनि गाडी फिर्ता गरेका छैनन् । गाडी लगे फिर्ता नगर्ने पूर्वप्रधानन्यायाधीशहरुमा सुरेन्द्रप्रसाद सिंह, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा र केशवप्रसाद उपाध्याय छन् ।

त्यस्तै हरिप्रसाद शर्मा, दीलिपकुमार पौडेल, केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, खिलराज रेग्मी, दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद साह, सुशीला कार्कीले गाडी फिर्ता गरेका छैनन् ।

यीमध्ये खिलराज रेग्मी र कल्याण श्रेष्ठले चालकसमेत सँगै लगेका छन् भने सुशीलाले कमला तामाङ नामकी कार्यालय सहयोगी लगेकी छन् ।