काठमाडौँ — रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत बिहीबार भएको दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडल काठमाडौं गोल्डेन्सलाई १४३ रनको विजय लक्ष्य दिएको छ। प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा भइरहेको खेलमा टस हारेर महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनायो ।


ADVERTISEMENT


१० रनमा ६ विकेट गुमाएको महेन्द्रनगरको तर्फबाट पुनित महेराले ४२ बलमा ५८ रन बनाए भने आरिफ शेखले ३९ बलमा ४३ रन बनाए ।


ADVERTISEMENT

# # #


यसैगरी करण केसीले १२ बलमा २१ रन बटुले भने पुनित विष्टले ७ रन बनाए ।

महेन्द्रनगरका कप्तान विनोद भण्डारी, आसिफ शेख, हरिसंकर साह, रोहित पौडेल र भुवन कार्की शुन्यमा आउट भए । आरिफ शेख र पुनित मेहराले ८५ रनको साझेदारी गरेका थिए ।

काठमाडौंका सन्नी पटेलले सुरुमै ६ विकेट लिएपछि महेन्द्रनगरले अधिकांश समय दबाबमा खेलेको थियो । उनले ४ ओभरमा १ मेडेन राख्दै १० रन खर्चेर ६ विकेट लिए । उनी डिपीएल क्रिकेटको एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने ।

पुष्प थापा र सुबोथ भाटीले १/१ विकेट लिए ।

आजको यो खेल जित्ने फाइनलमा प्रवेश गर्नेछ। जित्ने टिमले टिम चौराह धनगढीसँग शुक्रबार फाइनल खेल्ने छ।