काठमाडौं– बडादशैं अन्तर्गत फुलपाती नजिकिदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुहरुको संख्या बढ्दै गएको छ ।


ADVERTISEMENT


बिहीबार बल्खु, कोटेश्वर कलंकी लगाएका नाका हुँदै उपत्यकाबाट बाहिरिने यात्रुहरुको संख्या बढेको हो । मुग्लिन–नारायणघाट सडकखण्ड पहिरोले अवरुद्ध भएपछि बिपि राजमार्गमा सवारी चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


काठमाण्डौबाट पछिल्लो ६ दिनमा दुई लाख भन्दा बढि यात्रु बाहिरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् । यसवर्ष बिभिन्न स्थानमा गएको पहिरोका कारण दशैमा घर फर्कने यात्रुहरु समस्यामा परेका छन् ।