काठमाडौं–पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत एक बिरामीले अस्पतालको तेस्रो तलाबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् । लमजुङ घर भई पोखरा–११, फूलबारी बस्दै आएको युवराज गुरुङले बिहीबार अपराह्न पौने ५ बजे आत्महत्याको असफल प्रयास गरेका हुन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार, अस्पतालको तेस्रो तला माथिबाट हामफालेका गुरुङको टाउकोमा गम्भीर चोट लागेको छ । चरक मेमोरियल हस्पिटलमा प्रारम्भिक उपचारपछि पोखराकै मनिपाल शिक्षण अस्पताल रिफर गरिएको गुरुङको अहिले उपचार भइरहेको जानकारी अस्पतालले दिएको छ ।


ADVERTISEMENT

# # #


पोखराको महेन्द्रपुलमा व्यवसाय गर्दै आएका गुरुङ डिप्रेसनको औषधि सेवन गर्दै आइरहेका थिए । औषधिको ओभर डोज खाएपछि उनलाई केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा श्रीमानले आत्महत्याको प्रयास गरेपछि श्रीमती बेहोस् भएको र आफन्तसमेत सम्पर्कमा नआउँदा अनुसन्धानमा कठिनाइ भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।