काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई अवसर दिनका लागि आफुले नेसपा(नयाँ शक्ति)को अध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले अहिलेसम्म आफुलाई साथ दिने पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै नयाँ पुस्तालाई प्रोत्साहन गर्न र उनीहरुलाई नै देशको नेतृत्व दिने अवसर सिर्जना गर्न आफुले पदबाट राजीनामा दिएको बताएका हुन् ।
उनले नेपाली इतिहासलाई केही दशक अघि बढाउन नयाँ पुस्ता आन्दोलनबाट दिक्षित भएकाले उनीहरुलाई अवसर प्रदान गर्नुपर्ने धारणा राखे । पुराना दलहरुले आफूलाई रुपन्तरण गर्दै सच्चिनुपर्ने वा सकिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।
उनले आफुले पद त्याग गरे पनि अभियान र आन्दोलनबाट अलग नभएको स्पष्ट पारे ।। पछिल्लो दश १० बर्ष पुराना दलका तीन भ्रष्ट नेताहरुले आलोपालो देशको दोहन गरेको र भ्रष्टाचारको आहालमा डुवाएर युवाहरुलाई विदेश जान बाध्य पारिएकाले युवाहरु आन्दोलनमा आउनुपरेको उनले बताए ।
वर्तमान सरकारको प्रतिवद्धता युवा शक्तिसंग हुनुपर्ने भन्दै कुनै पनि बहानामा पुराना शक्तिसंग ढल्कने प्रयास गरे इतिहासले हिसाव गर्ने जिकिर गरे ।



























































