काठमाडौं । दशैं अघिको अन्तिम कारोबार अथात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ को बिन्दुमा रोकिएको छ ।
आइतबार ३ सय १४ कम्पनीको ७५ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ९३ करोड ५९ लाख रुपैयाँको कारोबार भएको हो ।
आज होटल एण्ड टुरिज्मबाहेक सबै उपसूचकमा हरियाली छाएको छ । यसदिन बैंकिङ्ग इन्डेक्स ०.८४ प्रतिशत, हाइड्रोपावर इन्डेक्स ०.७० प्रतिशत, इन्भेष्टमेन्ट इन्डेक्स ०.१४ प्रतिशत लगायत अन्य इन्डेक्सहरुमा पनि आन हरियाली छाएको छ ।



























































