काठमाडौँ – सटिजन्स क्यापिटल लिमिटेडद्वारा ‘सिटिजन्स म्युचुअल फण्ड’ र सिटिजन्स क्यापिटलको मुनाफाबाट इकाई धनीहरुलाई प्रतिफल वितरण गरिएको छ ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको आ.व.२०८१/८२ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट गत भदौ १२ गतेसम्म कायम रहेका ईकाइधनीहरुलाई २८ करोड ५ लाख २१ हजार २० रुपैयाँ प्रतिफल वितरण सुरु गरिएको हो ।
सिटिजन्स म्युचुअल फण्ड—२ बाट करसहित ८.२५ प्रतिशतले हुन आउने नगद लाभांस ४ करोड ६२ लाख र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट करसहित १२.७५ प्रतिशतले हुन आउने नगद लाभांस ९ करोड ५७ लाख १७ हजार २९७ रुपैयाँ वितरण सुरु गरिएको हो ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सिटिजन्स म्युचुअल फण्ड–१ २०८१ फागुन २१ गते परिपक््व भई खुद सम्पत्ति मुल्य ११.३० का दरले हुन आउने करसहित ९२ करोड ६६ लाख ३ हजार ७२३ रुपैयाँ (अन्तिम वर्षको लाभाशं १३% अर्थात् रु. १० करोड ६६ लाख ०३ हजार ७२३ समेत) समेत गत जेठदेखि वितरण भइरहेको छ ।
साथै सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३ करोड २० लाख रुपैयाँ समेत भदौ २० गतेदेखि वितरण गरिरहेको क्यापिटलले जनाएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजनाहरुको विगतका आर्थिक वर्षहरुमा वितरित नगद लाभांससमेत हालसम्म पनि बुझिलिन बाँकि रहेका ईकाइधनीहरुले आफ्नो हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराउन तथा सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।



























































