भक्तपुर– चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि सुरु हुने जिब्रो छेड्ने जात्रा आइतबार मध्यान्ह सम्पन्न भएको छ । बुद्ध कृष्ण बाग श्रेष्ठले छैठौं पटक जिब्रो छेडाएसँगै जात्रा सकिएको हो ।


ADVERTISEMENT


बुद्ध कृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले उनको जिब्रो छेडिएको हो । जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर बुद्ध कृष्णले नाट्यश्वरको पूजा गरेका थिए । जिब्रो छेड्ने जात्रा आफैमा साहसीक जात्राको रुपमा लिने गरिएको छ ।


ADVERTISEMENT

# # #


यो भन्दा अघि चार पटक सम्म जिब्रो छोडेका बुद्ध कृष्णले २०७४ सालदेखि पूनः जिब्रो छेडेका हुन् । बुद्धकृष्णका लागि भने छैठौं पटक हो । ब्रत सुरु भएपछि जिब्रो छेड्ने व्यक्तिले खानाखान गर्न नहुने, आइमाई छुन नहुने, जुठो, सुतकपरेका मान्छेलाई छुन तथा बोल्न नहुने र कुकुर लगायतका जनावरहरुलाई समेत छुन नहुने परम्परा रहेको छ । नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरो देवगणको पूजा एवम् प्रार्थना गरी सयौ मानिसहरूकै अगाडि जिब्रो छेडिएको थियो ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा मेडिकलको औषधि लाउनुनपर्ने जानकारहरुले बताएका छन् ।

किंबदन्ती अनुसार प्राचिन कालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्काल ९बउचा०ले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । त्यसपछि उनले एक महिना कसैलाई पनि खेतमा काम गर्न नजान अनुरोध गरेपछि ती ख्याक नीलबाराहीको आँगनबाट खेतमा हेर्दा कसैलाई नदेखेपछि बोडेभित्र पस्न खोजे ।

बोडे देशमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिम तर्फको ढोकाबाट पस्न खोज्ने एउटा ख्याक तान्त्रिक भीमदत्तको पासोमा पर्यो । भीमदत्तले लामो कपाल, लामो जिब्रो, डरलाग्दो पिशाच नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए ।

बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई पिचाशलाई छाडिदिएको किंबदन्ती छ । एकरात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, अहिलेसम्म पनि कायमै छ ।

वाचा अनुरूप सात पटकसम्म पिशाचको जिब्रो छेडियो र त्यसपछि ऊ नआउने भएपछि भीमदत्त कर्माचार्यले सोही अनुरूप बोडेवासीबाटै जिब्रो छेड्ने परम्परा बसालेको किंवदन्ती रहेको छ । बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाए । राखेको सुइरोले जिब्रो छेडेपछि चन्द्राकारकोे महाद्विप बोकेर टोलटोल घुमेका बुद्ध कृष्ण पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जाने र त्यसपछि सुइरो निकालेर महालक्ष्मी मन्दिरमा उक्त सुईरो ठोकिने परम्परा रहिआएको छ ।