काठमाडौं–भोटेकोसी किनारको सुकुटे बीच र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध अनौठो छ । राजनीतिक तनाव भयो कि, दाहाल रिफ्रेस हुनु हरके पटक सुकुटे पुग्ने गर्छन् ।


ADVERTISEMENT


यसपटक पनि दाहाल तनाव साम्य पार्न आईतबार सकुटे पुगेका हुन् । पुर्वनिर्धारित सहमतिअनुसार राजनीतिक गतिविधि अघि बढे एमाले माओवादी बीचको पार्टी एकता हुन एक साता मात्रै बाँकी छ ।


ADVERTISEMENT

# # #


एकतामा जानै लाग्दा दाहालमाथि आफ्नै पार्टीभित्र नेताको दबाब तीव्र छ ।

एकीकरण हुँदा सैद्धान्तिक रुपमा आत्मसमर्पण भएको नदेखियोस् भन्ने पक्ष छँदै छ, माओवादी केन्द्रका एक उच्च नेताका अनुसार दाहाललाई यतिबेला सबैभन्दा ठुलो दबाब नेता व्यवस्थापनमा परेको छ ।

उच्च स्रोतका अनुसार एमालेसँग पार्टी एकतापछि केन्द्रीय तह सानो हुने भएपछि आफुलार्य कुनै पनि हालतमा केन्द्रीय तहमा पार्न नेताले दाहाललाई तीव्र दबाद दिईरहेका छन् । – आजको अन्नपुर्ण पोष्टबाट