काठमाडौँ – यही असोज २२ (अक्टोबर २२)देखि ओमानमा सुरु हुने आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । क्यानको खेलाडी छनोट समितिले मुख्य प्रशिक्षक स्टुअर्ड लसँगको परामर्शपछि शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।


ADVERTISEMENT


घोषणा गरिएको नेपाली टोलीमा स्टार स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किएका छन् । उनी केही दिन अघि मात्रै युएईमा टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको टी–२० सिरिजका अन्तिम खेलमा निलम्बित थिए ।


ADVERTISEMENT

# # #


तर, विश्वकप छनोटका लागि भने उनलाई क्यानले टोलीमा राखेको हो ।

यस्तो छ नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), नन्दन यादव मोहम्मद अदिल आलम, सन्दीप लामिछाने, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, गुलसन झा, करण केसी लोकेश बम र कुशल मल्ल ।

आगामी वर्ष भारतमा हुने टी–२० पुरुष विश्वकपका लागि पूर्वी एशिया प्यासिफिक र एशिया क्षेत्र छनोटमा ९ टोलीले सहभागिता जनाउँदैछन् । जसका लागि ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ र नेपाल समूह ‘बी’ मा परेको छ । जहाँ जापान र कुवेत रहेका छन् ।

यस्तै समूह ‘ए’मा मलेसिया, कतार र युएई रहेका छन् भने समूह ‘सी’मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन् । सुपर सिक्स फर्म्याटमा खेलाइने प्रतियोगिताका उत्कृष्ट ३ टोली विश्वकपमा छनोट हुनेछन् ।

नेपालले लगातार दोस्रो पटक विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ ।

नेपालको समूह चरणको खेल तालिका
८ अक्टोबर (असोज २२ गते) : नेपाल विरुद्ध कुवेत
१० अक्टोबर (असोज २४ गते) : नेपालविरुद्ध जापान