• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड


Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page


मनाङ-लमजुङ सडकमा राति सवारीसाधन चलाउन रोक

अशोज १७, २०८२ |

मनाङ-लमजुङ सडकमा राति सवारीसाधन चलाउन रोक

576
SHARES
ShareTweet

मनाङ – मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज २० गतेसम्म ठूलो वर्षा हुने सूचना जारी भएको छ । मौसम विज्ञान विभागले वर्षा हुने सूचना जारी गरेसँगै मनाङ–लमजुङ सडकमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



ठूलो वर्षा भएमा जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सम्भावित बाढीपहिरो र भू–स्खलनको जोखिमलाई मध्यनजर गर्दै यातायात व्यवस्थापनमा कडाइ गरिएको जनाएको छ ।

निश्चित समयमा मात्र सवारीसाधन सञ्चालन गर्न पाइने र तोकिएको समय बाहिर आवागमन गर्न रोक लगाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालद्वारा जारी सूचनामा उल्लेख छ ।

बेलुका ६ः३० देखि बिहान ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रजिअ पौड्यालले बताए । प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय तहका उद्धार टोलीलाई सतर्क अवस्थामा राखिएको तथा तत्काल परिचालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउन जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरिएको छ ।

“सम्भावित विपद् व्यवस्थापनका लागि सबै स्थानीय तह र स्थानीय विपद् व्यवस्थापन समिति, सरकारी निकाय, निजी क्षेत्र र गैह्र सरकारी संस्थाले स्वीकृत मनसुनकार्य योजनाअनुरुप आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि आ–आफ्नो विषयमा क्षेत्रगत तयारीमा रहन प्रशासनले अनुरोध गरेको छ”, प्रजिअ पौड्यालले भने ।

सम्भावित वर्षाको कारणले भू–क्षय, बाढीपहिरोको जोखिम रहेकाले मस्र्याङ्दी, नारखोला, दूधखोला, डोनाखोला तथा ठाडाखोलालगायत स्थानीय खोलामा पानीको सतह बढ्ने, बाढीपहिरो गई आसपासका क्षेत्रमा जोखिम हुनसक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न, बेंँसीसहर–चामे–खाङ्सार सडकलगायत स्थानीय ग्रामीण सडकमा सवारीसाधन चलाउँदा आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन ट्राफिक प्रहरी र सुरक्षा निकायको निर्देशनको पालना गर्न सर्वसाधारणसहित सबै सरोकारवाला निकायमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिए ।

#











#



#

#
#

#



#

#

Share:

Rate:

Previousमानव अधिकार आयोगमा दशैँमा एउटा मात्र उजुरी, अनुगमन जारी
Nextराहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा

ताजा खबर

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी र खाण दोषी ठहर
  • काँकडभिट्टा नाकामा सुरक्षाकर्मीको मोबाइल नियन्त्रणमा लिएको समाचार भ्रामक
  • एलजीका नयाँ घरेलु उपकरण सार्वजनिक
  • एनबीएलको आधिकारिक टिकटिङ पार्टनर बन्यो आईएमई खल्ती
  • सुशासन सुधारलाई थप तीव्र बनाइन्छ : अर्थमन्त्री वाग्ले

#
#

#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved