काठमाडौँ – भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण अवरुद्ध सडक खुलाउने प्रयास सुरु भइसकेको जानकारी दिएका छन् ।


ADVERTISEMENT


आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै घिसिङले बर्षाका कारण विभिन्न राजमार्गहरु अवरुद्ध भएकाले अब क्रमशः अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिनुभएको हो । उनले तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


वर्षाको पूर्वानुमान र त्यसको आवश्यक तयारी गरेकाले ठूलो मानवीय क्षति नभएको उनले जिकिर गरे । मन्त्री घिसिङले बाढी तथा पहिरोका कारण क्षति भएका संरचनाको प्राथमिकताका साथ पूर्ननिर्माण गरिने धारणा राखे ।

त्यस्तै मुलुकका विभिन्न भागमा एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा रु १० करोड बराबरको क्षति भएको छ । सिँचाइ प्रणालीको बाँध क्षेत्रमा नदीमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, मूल नहर र शाखा नहरका गेट समयमा नै खोलिएकाले सिँचाइ प्रणालीमा धेरै क्षति नभएको मन्त्री घिसिङले बताए ।