काठमाडौँ– हिमालयन बैंक लिमिटेड र विश्व बैंक समूह अन्तर्गतको ईन्टरनेशनल फाइन्यान्स कर्पोरेशन (आइ एफ सी) बिच २०७५ चैत्र २८ गते एक समारोहका बिच महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।


ADVERTISEMENT


सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट कार्यकारी प्रमुख श्री अशोक शम्शेर राणा र आइ एफ सि का तर्फबाट आवाशिय प्रतिनिधि श्री एम रेहान रशिदले हस्ताक्षर गरेका छन्


ADVERTISEMENT

# # #


उक्त सम्झौता अनुसार आइएफसीले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ । महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, संचालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उदेश्य हो ।

हिमालयन बैंक लिमिटेडले प्राप्त गरेको उक्त रकम नेपाली महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने प्रयोग गर्ने छ ।