एजेन्सी – सिड्नीको व्यस्त सडकमा भएको गोली हानाहानमा २० जना घाइते भएको अस्ट्रेलियाली प्रहरीले घोषणा गरेको छ ।


ADVERTISEMENT


प्रहरीले संदिग्धलाई पक्राउ गर्नुअघि प्रहरी गाडीसहित बाटो हुँदै गइरहेका गाडीहरूमा अन्धाधुन्ध गोली चलाइरहेको बताएको छ । न्यु साउथ वेल्स प्रहरीका स्टिफन पेरीले उक्त क्षेत्रमा ५० देखि १०० वटा गोली चलेको र प्रहरीले ६० वर्ष उमेरका संदिग्ध शूटरलाई पक्राउ गरेको जनाएको छ ।


ADVERTISEMENT

# # #


घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य १९ जनाको काँचको टुक्राले गर्दा घाइते भएको पुष्टि गर्दै घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । उच्च सुरक्षा व्यवस्था सामूहिक हत्या र अनियमित गोलीबारी दुर्लभ भएको अस्ट्रेलियामा हात हतियार सम्बन्धि कानूनहरू अत्यन्त कडा छन् ।