काठमाडौं–इण्डियन प्रियिमर लिग (आईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ७१ रनले पराजित गरेको छ ।


ADVERTISEMENT


टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै २०० रन बनाएको थियो । २०१ रनको लक्ष्यसहित व्याटिङ सुरु गरेको दिल्ली डेयरडेभिल्स १४ ओभर २ बलमा अलआउट हुँदै १२९ रनमात्र बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


दिल्लीका लागि म्याक्सवेलले २२ बलमा ४७ र रिसब पन्तले २६ बलमा ४३ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । बलिङतर्फ सुनिल नराइन र कुलदिप यादवले ३–३ विकेट लिए ।

यसअघि सुरुमा व्याटिङ गरेको कोलकाताका लागि नितिश रानाले सर्वाधिक ५९ रनको योगदान दिए । ३५ बल सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरे ।

बलिङतर्फ राहुल टेवाटियाले तीन विकेट लिए भने । ट्रेन्ट बोल्ट र क्रिश मोरिसले समान २–२ विकेट हात पारे ।